नियम १५
मुद्दा दायर गर्ने गराउने
(१) यस नियमावली बमोजिम नमूना लिइएको खाद्य पदार्थ
विश्लेषण परीक्षण गरिंदा दूषित वा न्यूनस्तरको ठहरिएमा वा ऐन वा यस
नियमावली विपरीत हुने काम कारबाही भएको ठहरिएमा खाद्य निरीक्षकले ऐन
बमोजिमको स्पष्ट अभियोग र तत्सम्बन्धी सम्पूर्ण विवरण खोली मुद्दा हेर्ने अधिकारी
समक्ष प्रस्तुत गर्नु पर्नेछ ।
(२) ऐन तथा यस नियमावलीको उल्लंघन गरे बापत कुनै व्यक्ति वा संगठित
संस्था उपरको कानूनी कारवाईमा मुद्दा हेर्ने र पुनरावेदन सुन्ने सम्बन्धित अधिकारी र
अदालतलाई सहयोग गर्नु सम्बन्धित खाद्य निरीक्षकको कर्तव्य हुनेछ ।